You are viewing the translated version of आदेश जारी गर्न सक्ने.

Section 90
आदेश जारी गर्न सक्ने
(१) यस ऐनको कार्यान्वयन गर्दा कुनै बाधा अड्काउ परेमा त्यस्तो बाधा अड्काउ हटाउनको लागि अर्थ मन्त्रालयले यस ऐनको प्रतिकूल नहुने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न सक्नेछ ।

(२) भन्सार मूल्य निर्धारण वा मालवस्तु जाँचपास वा भन्सार प्रक्रिया सम्बन्धी अन्य कुनै कुरामा भन्सार अधिकृतलाई द्विविधा भएमा बा: यस प्रकारका कार्य सम्पादनमा कुनै बाधा अड्काउ परेमा महानिर्देशकले त्यस्तो द्विविधा हटाउन वा बाधा अड्काउ फुकाउन भन्सार अधिकृतलाई यस ऐनको प्रतिकूल नहुने गरी उपयुक्त आदेश दिन सक्नेछ ।